भद्रपुर (झापा) — झापाको भद्रपुर नगरपालिका–८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत, बिहार राज्य अन्तर्गत किसनगंज जिल्लाको झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गोस्वामी सपरिवार आइतबार घुम्न झापा आएका थिए। सोही होटलमा बस्ने क्रममा आइतबार साँझ साढे ६ बजे बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए। तत्कालै उद्धार गरी ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका लागि लगिए पनि साँझ करिब सात बजे बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।