विराटनगर — अविरल वर्षापछि धनकुटा नगरपालिका–९ स्थित मूलघाट नजिकको बिश्रान्ती खहरे खोलामा आएको बाढीले आइतबार राति एक ट्रयाक्टर बगाएको छ।
को २ त ३९४२ नम्बरको ट्रयाक्टर खोलाको किनारमा पार्क गरिएको अवस्थामा करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार मूलघाट प्रहरी चौकीबाट खटिएको टोलीले जेसीबीको सहयोगमा राति नै ट्रयाक्टर सुरक्षित स्थानमा सारिएको हो।
वर्षाले धनकुटा–९ छिम्छुवास्थित मूलघाट–त्रिवेणी भित्री सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोमा चार वटा टिपर फसेको प्रहरीले जनायो ।
प्रहरीका अनुसार उक्त सडकको अन्य दुई स्थानमा पनि लेदो सहितको पहिरो खसेको छ। सोमबार बिहानदेखि पहिरो पन्छाउने कार्य सुरु गरिने प्रहरीले जनाएको छ।
#धनकुटा#मा #बाढी #र #पहिरो