विराटनगर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकद शालिक ललितपुर महानगरपालिका प्राङ्गणमा मंगलबार अनावरण गरिएको छ।

महानगरपालिकाद्वारा निर्माण गरिएको उक्त शालिक जोशीको १०६ औँ जन्मजयन्तीको अवसरमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरेका हुन्। जोशीको २०७९ को असोज ३० मा १०३ वर्षको उमेरमा निधन भएको थियो।

उनको इच्छाअनुसार र परिवारको स्वीकृतिमा शव किस्ट मेडिकल कलेजलाई शैक्षिक प्रयोजनका लागि दान गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख महर्जनले महानगरबाट सम्भव हुने सांस्कृतिक कदरको कामको एक हिस्साका रूपमा शालिक निर्माण गरिएको बताए।

साथै उनले झनाख्य पार्कमा अब कुनै नयाँ शालिक नबनाइने स्पष्ट पारे। ‘झनाख्य पार्कमा पहिले नै चारवटा शालिक बनिसकेकोले पाँचवटा नपार्ने निर्णय गरिएको हो,’ उनले भने।महर्जनले सत्यमोहनलाई मुलुककै सांस्कृतिक गहना भएको उल्लेख गर्दै, भाषा, साहित्य, संस्कृति र कलामा उनको योगदान अतुलनीय रहेको स्मरण गरे।

#सत्यमोहन