विराटनगर — देशका विभिन्न भागमा आइतबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका थोरै स्थान र बाँकीका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसका साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने हावाहुरीको सम्भावना रहेकोले सतर्क रहन विभागले आग्रह गरेको छ।मौसमविद् डेबिट ढकालका अनुसार काठमाडौँ उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

#मौसम