उमेर छउन्जेल कमाउन पर देश,
बुढेसकालमा रमाउन घर देश।
याद आउँछ पर्व, संस्कृति, पहिरन–भेष,
प्यारो लाग्छ हिमाल, पहाड, मधेस।
मान्छे कहाँ होला र नलागेको ठेस,
रिस–राग त्यागी कर्म गर्नु बेस।
सोचे जस्तो हुन्न परदेशको मेस,
रहरहरू गुनगुनाउँदै फुलिसके केश।
समयले बनायो कर्मभूमि विदेश,
छातीभरी सजाएर जन्मभूमि विशेष।
पानामै सीमित भए पुर्खाको दिव्य उपदेश,
जुन भूमिमा भए पनि मनमा स्वदेश।