विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोल्न थालेका छन् । नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका हुन्।
यो पनि पढ्नुहोस् : भिजिट भिषामा प्रतिपक्षी किन नरम ?, के पुनः सुरु भयो भत्काउने र बनाउने खेल ?
‘वर्तमान नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त बुझेको छैन,’ उनले भने, ‘नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेकोले कडाई गर्न जरुरी छ, सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुन्छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले यसअघि पनि सरकारको कामकाज प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।