विराटनगर– मान्छेले आफूलाई कहाँ सुरक्षित ठान्छ ? पक्कै पनि परिवार, आफन्त एवं निकटजनको माझ । तर पछिल्लो समय घरेलु विवादमा आफन्तबाटै मारिने घटनाले भने पारिवारिक अपराधको डरलाग्दो चित्र प्रस्तुत गर्छ । कोशी प्रदेशमा यस्तो अपराध ह्वात्तै बढेको प्रहरीकै तथ्यांकले भन्छ ।
भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दा आवेशमा यो जघन्य अपराधमा परिणत हुन्छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सुरक्षा अधिकारीहरूका अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ ।