विराटनगर– सामाजिक सञ्जाल विधेयक विरुद्ध विराटनगर नागरिक अभियानले विराटनगरमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु  संवैधानिक व्यवस्था प्रतिकूल भएको नागरिक समाजको बुझाइ छ ।

नागरिक अभियन्ताहरुले विराटनगरस्थित ट्राफिक चोकमा तुल, व्यानर, प्लेकार्डसहित प्रदर्शन गर्दै सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा गरेको व्यवस्थाप्रति विरोध जनाएका हुन् । उनीहरुले सामाजिक सञ्जालको नियमन हुनु पर्नेमा सरकारले अहिले ल्याएको विधेयकमार्फत नियन्त्रण गर्न खोजेकोले विरोधमा उत्रिन बाध्य भएको बताए ।

विधेयकमा भएको नियन्त्रणकारी व्यवस्थालाई नियमनकारीमा परिणत नगरे सशक्त आन्दोलनमा उत्रिने सरकारलाई अभिन्ताहरुले चेतावनी दिए ।