विराटनगर– रूपन्देहीको कञ्चन गाउँपालिका–१, सुन्दर टोलका २० वर्षीय सरोज परियारले बुधबार राति आमाको हत्या गरेका छन् । प्रहरीका अनुसार उनले आमा ४५ वर्षीया पार्वती परियारको आँखा र हातमा हँसिया प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार घरमा पार्वती र सरोज मात्रै बस्थे । सरोज पार्वतीका कान्छो छोरा हुन् । जेठो छोरा रोजगारीको लागि भारतमा छन् ।  घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रहरीले भनेको छ ।