विराटनगर– २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका–५ का ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नेपालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस अघि बिहीबार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खोटाङ वराहपोखरी गाउँपालिका–३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पनि उजुरीकै आधारमा प्रहरीले पक्राउ गरेको थियो ।