विराटनगर-   रूकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी भेगमा रातिदेखि वर्षा भइरहेको छ। 

 सदरमुकाम रूकुमकोटसँगै जिल्लाभर वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । उसको अनुसार पश्चिमी वायु प्रणालीको प्रभावले देशभर मौसम बदली भएको छ।

विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना छ। विभागले वर्षाको कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै  स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

वर्षाका कारण केही ठाउँको यातायातमा समेत  अवरोध सिर्जना भएको छ । तापक्रम घटेसँगै चिसो बढेकाले बाक्लो कपडा लगाउन आग्रह गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहन्छ।