विराटनगर- दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका छन् ।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कमा थिएनन् ।
खोजतलासको क्रममा उनको शव बिहीबार साँझ बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोभन्दा करिब दुई सय मिटर तल भीरमा फेला परेको प्रहरीको भनाइ छ ।
अर्को घटनामा काभ्रेपलाञ्चोकको बनेपामा नगरपालिका-८ स्थित होटल भ्यू पाहुना घरमा बिहीबार साँझ एक जना महिला मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत महिला पबनेपा-६ बस्ने रामेछापकी २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुलेको छ। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।