विराटनगर– भूकम्पको असरले सुख्खा पहिरो, सडक माथिबाट ढुंगा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।
उक्त कार्यालयले सिन्धुपाल्चोकमा शुक्रबार बिहानको पहिलो पहरमा गएको भूकम्पबारे विज्ञप्तिमार्फत जानकारी गराउँदै मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको प्रष्ट पारेको छ ।
भूकम्पले हल्लाएपछि आँत्तिएर भाग्दा घाइते भएका सिन्धुपाल्चोक कारागारका एक कैदी बन्दी उपचारपछि डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी करिण थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।