विराटनगर– हिमाली जिल्ला रुकुमपूर्वमा बिहीबार रातिको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।
रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गतको उक्त सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउ गर्नेलाई समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा हिउँ परेसँगै आवागमन अप्ठेरो बनेको छ ।
शुक्रबार बिहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि बीचबीचमा हिउँ परिरहेकाले सवारी साधनहरू रोक्नु परिरहेको प्रहरीले जनाएको छ । बर्सेनि यो सडकखण्ड हिमपातले गर्दा अवरोध हुन्छ ।