विराटनगर– संखुवासभामा हराइरहेकी एक महिलाको शव खाँदबारी–८ पिप्ले फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलकी ३० वर्षीया यमकुमारी ढकाल पोखरेल शुक्रबार राति ८ बजेदेखि हराइरहेकी थिइन् ।
संखुवासभा प्रहरीका अनुसार शनिबार बिहान ५ बजे घरभन्दा पाँच सय मिटर पर उनको शव भेटिएको हो । पोखरेलका श्रीमान्, एक छोरा र एक छोरी छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।