विराटनगर– बलात्कार आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको आठ महिना पछि डडेलधुराको आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
भोज बहादुरले ती बालिकालाई गत असारमा बलात्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले  जनाएको छ । अर्को घटनामा ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरको बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।