विराटनगर– सर्वोच्च अदालतमा आइतबार इजलास  बसेको छैन । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्चले र इजलास नबस्ने निर्णय गरेको हो ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । ०६५ जेठ २१ मा उनले अवकाश पाएकी थिइन् ।