विराटनगर– सप्तरीको सप्तकोशी–१, फतेपुरको खोरियाटोलमा सोमबार बिहान पसेको बाघलाई साँझ बेहोस पारेर पर्सा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले बाघलाई डार्ट दिएर बेहोस बनाएका थिए । उक्त आरक्षणबाटै बाघ बस्तीमा आइपुगेको अनुमान गरिएको छ ।

बाघको आक्रमणबाट स्थानीय तीन जना घाइते भएका छन् । बाघ दिनभर बस्तीमा रहेकाले स्थानीयमा त्रासको माहोल थियो । सुरक्षाकर्मी र स्थानीयले होहल्ला गरे पछि बाघ स्थानीय भरत विष्टको घरमा छिरेको थियो । स्थानीयले उक्त बाघलाई त्यही घरभित्र थुनिदिएका थिए । आरक्षबाट टोली आए पछि स्थानीयले राहत महसु गरेका थिए ।