विराटनगर– आफूलाई उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनेर चिनाइ  ठग्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ सागबारी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–१ का ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाइ दिन्छु भन्दै पीडितलाई विश्वास दिलाइ रकम लिएर उनी फरार थिए । उनलाई  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर सागबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।