विराटनगर- आकर्षक तलब पाउने गरी सर्बिया पठाइदिने विश्वासमा रकम ठग्ने काठमाडौँ टोखा-९, गणेशथान बस्ने दैलेख गुराँस-७ का ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वराजले सर्बिया पठाउने पक्कापक्की गरेर १ पीडितबाट ४ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।