विराटनगर– बैंकिङ कसूर मुद्दाका २ फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं–१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने सिन्धुली दुधौली–७ का ३८ वर्षीय सुरेन्द्र घिमिरे छन् ।
प्रहरीले सुनिललाई ललितपुर–५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं–२६ सामाखुसीबाट पक्राउ गरेको हो । यसै गरी ठगी मुद्दाका दुई फरार प्रतिवादीहरू ललितपुर महानगरपालिका–४ बागडोल बस्ने गुल्मी कालीगण्डकी–६ का ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले भनेको छ । ती फरार प्रतिवादीहरुलाई मुद्दा हेरिरहेको प्रहरी कार्यालयहरुमा बुझाइएको छ ।