न्यू मेक्सिको, अमेरिका – न्यू मेक्सिको राज्यको लस क्रुसेस शहरमा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
गोलीबारीको सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लस क्रुसेसका अधिकारीहरूले गोलीकाण्डसँग सम्बन्धित कुनै पनि फोटो वा भिडियो प्रहरीलाई उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । लस क्रुसेस सिटी काउन्सिलर ट्याम जोहाना बेन्कोमोले पछिल्लो समय यस्ता घटनाहरू दोहोरिने चिन्ताजनक अवस्था आएको बताउँदै भविष्यमा यस्ता हिंसात्मक घटनाहरू रोक्न पहल गर्नुपर्नेमा जोड दिइन् ।
अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान जारी छ । घटनाको थप विवरण आउन बाँकी छ।