सिरहा– राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, भन्ने नाराका साथ सुरु भएको आठौँ अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको चौथोँ दिनको खेलमा सलहेश युबा कल्व सिरहाले साम्ची फुटबल कल्व भुटानलार्इ ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

गुरुधाम खेलग्राममा सम्पन्न खेलमा सलहेश युबा कल्बका एलेक्सले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए । दोस्रो हाफमा सुनिल खडका, बिबेक राई र श्रीजन क्षेत्रीले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच श्रीजन क्षेत्री घोषित भए । 

भोली हुने पहिलो सेमिफाइनल खेल गोलबजार स्पोर्ट्स कल्ब सिरहा र चात्या सा फुटबल कल्ब दमकबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई ४ लाख १ हजार, उपविजेता टिमलाई २ लाख १ हजार रुपैयाँ पुरुस्कार रहेको छ ।