विराटनगर– प्रहरीले काठमाडौंको तीनकुने हिंसामा संलग्न रहेको आरोपमा थप २४ जनालाई पक्राउ गरेको जनाएको छ ।

चैत १५ मा तीनकुनेमा आयोजित राजावादीको सभाको क्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड गरेको आरोपमा थपलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले भनेको छ । 

प्रहरीका अनुसार काठमाडौंको विभिन्न ठाउँबाट थप २४ जना पक्राउ गरिएको हो । प्रहरीले यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।