काठमाडौं — विद्यालय शिक्षा ऐनको मागसहित जारी आन्दोलन अन्तर्गत शिक्षकहरूले बुधबार पनि काठमाडौं केन्द्रित सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् । देशभरका विभिन्न जिल्ला र पालिकाबाट राजधानी आएका शिक्षकहरूको उपस्थिति बढ्दै गएकाले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा यातायात अवरुद्ध भएको थियो ।
सरकारले वार्ता र संवादका लागि तेस्रो पटक औपचारिक प्रस्ताव पठाएको भए पनि नेपाल शिक्षक महासंघले उक्त प्रस्ताव अस्वीकार गरेको छ । महासंघले शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ ।