विराटनगर– नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल मोरङको तोकिएको समयभित्र अधिवेशन नगराएको र पूर्णकालिन सदस्यता वितरण नगरेको विरोधमा आइतबार तरुण दल मोरङको कार्यालयमा तरुण दलका नेताहरुहरुले तालाबन्दी गरिएका छन् ।
तरुण दल मोरङको अधिवेशन र पूर्णकालिन सदस्यता वितरणको विश्वसनीय आधार ७२ घण्टाभित्र तयार नगरे समानान्तरण समिति गठन गरेर पूर्णकालिन सदस्यता वितरण गर्ने नेपाल तरुण दलका मोरङ उपाध्यक्ष खेम थापालगायतका तरुण दलका नेताहरुको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा तरुण दल मोरङका अध्यक्षले आफ्नो असक्षमताले संगठनलाई निस्क्रीय बनाएकोले तत्काल अधिवेशन बोलाउन र पूर्णकालिन सदस्यता वितरणका लागि वातावरण बनाउन माग गरेको उल्लेख छ । यसअघि उनीहरुले ७ दिने अल्टिमेटम दिएको र त्यो अवधिमा पार्टी संगठनका अध्यक्षले कुनै चासो नलिएकाले तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख छ ।