विराटनगर — एक १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिका–६ साङ्खोला निवासी ३५ वर्षीय सूर्य नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।बालिकासँग आइतबार बलात्कार गरिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले नेपालीलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।

पीडित बालिका र उनका अभिभावकले दिएको जाहेरीपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। हाल आरोपीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।