विराटगर– जनता समाजवादी पार्टी (जसपा) मोरङको प्रथम अधिवेशन वैसाख २९ र ३० गते विराटनगरमा हुने भएको छ । जसपा मोरङले पत्रकार सम्मेलन गरी अधिवेशन बारे जानकारी गराएका हुन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने जिल्ला अधिवेशन विराटनगरस्थित मारवाडी सेवा समितिको प्राङ्गनमा आयोजना हुने जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताएका छन् । यो अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

पार्टीको सांगठनिक सुदृढीकरण, वैचारिक स्पष्टता र नेतृत्वको पुनर्गठनलाई संस्थागत बनाउन यो अधिवेशनले पार्टीको अगामी मार्गचित्र निर्धाारण गर्ने जसपा केन्द्रीय सदस्य जयराम यादवले बताएका हुन् । 

अधिवेशनमा जिल्लाभरिबाट ६ सय प्रतिनिधि र ५० जना पर्यवेक्षक सहभागी हुनुका साथै उद्घाटन सत्रमा ५ हजार बढी पार्टीका नेता, कार्यकर्ता तथा समर्थकको उपस्थिति रहने जसपा मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।