विराटनगर- मुलुकमा मिडिया क्षेत्रकाे भूमिका निष्पक्ष र अझै सशक्त हुनु अपरिहार्य रहेकाु सराेकारबालाकाे भनाइ छ ।

खबर पूर्वाञ्चल अनलाइनकाे १० अैाँ वार्षिकाेत्सव कार्यक्रमका वक्ताहरूले साेमबार मिडियाहरूले मुलुककाे सबै क्षेत्रकाे सुधारका लागि निरन्तर आवाज उठाइरहनु अहिलेकाे अपरिहार्यता रहेकाे बताएका हुन् ।

प्रदेश सांसद जयप्रकाश चाैधरीले पत्रकार पत्रकारिताकाे फेरिएकाे अवस्थामा अनलाइन पत्रकारिता एकमात्र विकल्प भएकाे बताएका छन् । उनले पत्रकारले देश र प्रदेशकाे आवश्यक्ता अनुकुलकाे मुद्दामा वहस र पैरवी निरन्तर गर्नुपर्ने आवश्यक्ता रहेका बताएका हुन् ।

उद्याेगी नवीन रिजालले मुलुकमा अहिले सबै क्षेत्रकाे अवस्था जर्जर रहेकाे बताएका छन् । ´निजी, मिडिया, राेजगारी, अैाद्यागिकलगायतका क्षेत्रकाे अवस्था जर्जर हुनुकाे कारण पहिल्याएर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेकाे आवश्यक्ता हाे,` उनले भने, ´सरकारले बर्सेनि आन्तरिक र वाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ ? भनेर प्रश्न उठाउनु पनि आवश्यक छ ।` १८ खर्बकाे बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था रहेकाे रिजालकाे भनाइ थियाे ।

एनप्याब्शनका पूर्वअध्यक्ष टिकाराम पुरीले दलीय प्रभावबाट माथि उठेर मिडिया क्षेत्रले सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताएका हुन् । ´अहिलेकाे प्रादेशिक संरचनाकाे भार मुलुकले कहिलेसम्म धान्न सक्छ ?,` उनले भने, ´संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ ?`