विराटनगर– अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। सोमबार पनि यही दर कायम थियो।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। सोमबार युरोको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा थियो।

त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ। सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा थियो। मंगलबारको लागि खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

यसैगरी युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ८ पैसा रहेको छ।

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रूपैयाँ २० पैसा र बिक्रीदर ९ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ रहेको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै थाई भाट एकको खरिददर ४ रूपैयाँ ७ पैसा र बिक्रीदर ४ रूपैयाँ ९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा कायम भएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा र बिक्रीदर ९ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा कायम भएको छ।

ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने खुला बजारको आधारमा फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।
 

#विदेशी# मुद्रा#को #विनिमयदर