विराटनगर- नेपाल प्रेस यूनियनले देशभरि विभिन्न कार्यक्रम गरेर ३४ अैाँ स्थापना दिवस मनाइरहेकाे छ । प्रेस यूनियन माेरङले स्थापना दिवसकाे अवसरमा विराटनगरमा मंगलबार प्रभातफेरी कार्यक्रम गरेकाे हाे ।
पत्रकार महासंघबाट सुरू भएकाे प्रभातफेरी महेन्द्रचाेक, शनिमन्दिर, जलजामाेड हुँदै ट्राफिकचाेकबाट पुनः पत्रकार महासंघमा आएर काेणसभामा परिणत भएकाे थियाे । प्रेस यूनियन माेरङ सभापति बेदराज पाैडेलले सम्बाेधनसहित धन्यवाद् ज्ञापन गरेका थिए ।