विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केिी शर्मा ओलीले राजावादीले आन्दाेलन घाेषणा गरेकाे दिन जेठ १५ गते काठमाडाैं एमालेकाे नियन्त्रणमा हुनुपर्ने अभिव्यक्तिप्रति नेिाली कांग्रेसकाे स्पष्ट धारणा सार्वजनिक हुनु आवश्यक रहेकाे बताएका छन् ।
नेपाल नाई संघकाे ३५ अैाँ राष्ट्रिय सम्मेलनकाे मंगलबार विराटनगरमा उद्घाटनपछि कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिँकतै पार्टीकाे धारणा सार्वजनिक नगरेकाे भन्दै आपत्ती जनाएका हुन् ।
´प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएकोले त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्छ,` उनले भने, ´के बाध्यता आइपर्यो र त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?` पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएको भन्दै काेइरालाले चिन्ता व्यक्त गरेका छन् ।
सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको उनले बताएका हुन् । ´मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ।` कोइरालाले भने ।