विराटनगर– वीरगन्जस्थित नेपाल–भारत सीमाबाट स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ। गाडीको सिट पछाडिको पकेटमा लुकाइ ल्याइएको अवस्थामा ९ लाख ५९ हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले त्रिभुवन राजपथ सडकखण्डको वीरगन्जतर्फ जाने बाटोमा भारतबाट नेपाल प्रवेश गरिरहेको बीआर २२ पी ८३०० नम्बरको स्कोर्पियो गाडीलाई जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरु भारतीय नागरिकहरूमा बिहार राज्य पश्चिम चम्पारणका ५९ वर्षीय विजय प्रसाद, ४६ वर्षीय मनोजकुमार सहनी र ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव छन्। उनीहरू क्रमशः ग्राम पंचायत वडा नम्बर ७ बेतिया, वडा नम्बर १२ जौकटिया र वडा नम्बर २७ छाउनी चोकवासी हुन्।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहका अनुसार बरामद नगदसहित गाडी र व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
पर्सामा विशेषगरी वीरगञ्ज क्षेत्र नेपाल–भारत सीमास्थित भएकाले सीमापार अपराध र अवैध कारोबारको केन्द्रबिन्दु बन्दै आएको छ। यसअघि वैशाख ६ मा कपिलवस्तुमा स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका थिए । यस्ता घटनाहरूले सीमावर्ती क्षेत्रमा अवैध नगद प्रवाह र सम्भावित आपराधिक गतिविधिहरूको संकेत गर्छन्।
नेपाल–भारत खुला सीमाको कारण, अवैध नगद, सुन, लागूऔषध र नक्कली मुद्राको ओसारपसार बढ्दो छ। यस समस्यालाई समाधान गर्न दुवै देशका भन्सार अधिकारीहरूले निर्देशकस्तरीय छलफलमा सीमापार अपराध नियन्त्रणका लागि सहकार्य बढाउने निर्णय गरेका छन् ।
सशस्त्र प्रहरी बलले सीमामा निगरानी कडा पार्दै अवैध गतिविधिहरू नियन्त्रणमा ल्याउन प्रयासरत छ। तर यस्ता घटनाहरू दोहोरिनु, सीमामा अझ प्रभावकारी निगरानी र अन्तरदेशीय सहकार्यको आवश्यकता औंल्याउँछ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares