विराटनगर– सासुको हत्या गरेको आरोपमा धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधाकी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  

घरायसी बादविवादको क्रममा उनीहरूबीच झगडा पछि कुटपिट हुँदा सासु ६५ वर्षीया समुन्द्री देवी मण्डलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सूचना लगतै पुगेको प्रहरीको टोलीले रक्षा कुमारीलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।