विराटनगर– काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि बुधबार अपराह्न वरपरका सरकारी कार्यालयहरु वन परिसर, विशेष अदालत र जिल्ला अदालत डुबानमा पर्यो । काठमाडौं जिल्ला अदालतको ठिक अघिल्तिर पाइप फुटेको प्रहरीले भनेको छ   

सडक भएर बगेकोले बानेश्वरबाट माइतिघरतर्फ आउने लेनमा सवारी साधनहरु केही बेर गुडन सकेन । यो पाइप फुटेकोले काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । पानीको निकास गराएर आवागमन सहज बनाउन बबरमहलमा सुरक्षा टोली खटिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा मेलम्चीको पाइप फुटेको हो । पाइप विस्फोट हुँदा बबरमहलमा सडक समेत भासिएको छ । मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका अधिकारीहरुले अब प्राधिकरणले नै क्षतिग्रस्त संरचना बनाउनु पर्ने बताएका छन् ।