विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चैत २६ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन ।

प्रशासनका अनुसार राप्रपाको अनुमति माग पत्र चैत २२ मा शुक्रबार अपराह्न ४ बजेर २१ मिनेटमा इमेलमार्फत प्राप्त भएको थियो । सोही पत्रको जवाफ दिँदै आइतबार प्रशासनले भृकुटीमण्डपमा अन्य पूर्वनिर्धारित आन्दोलन तथा कार्यक्रमहरू भइरहेकाले उक्त स्थलमा अनुमति दिन नसकिने जनाएको हो ।

शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायतका गतिविधिका कारण सुरक्षा संवेदनशीलता बढेको प्रशासनको भनाइ छ । प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा राप्रपालाई आमसभाका लागि सिफल चौर वा बल्खु क्षेत्र विकल्पका रूपमा प्रस्ताव गरेको छ ।