विराटनगर– बैँकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँका २१ वर्षीय उज्जवल रौनियार र काठमाडौँ–४ सुकेधारा बस्ने मकवानपुर भीमफेदी–२ का ४० वर्षीय सञ्जीव कुमार बल हुन् ।
उज्जवलको विरुद्ध पर्सा जिल्ला अदालतमा र सञ्जीवको विरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका उज्जवललाई काठमाडौँको बबरमहलबाट शुक्रबार र सञ्जीवलाई काठमाडौँ सुकेधाराबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । दुवैलाई सम्बन्धि जिल्ला प्रहरी कार्यालय पठाइएको केन्द्रीय प्रहरीले जनाएको छ ।