विराटनगर– मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट १ पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र मोतिहारी बहरी ग्रामका २६ वर्षीय दिपक कुमार छन् । 
प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।