विराटनगर–  घाँस काट्न घरबाट निस्केका खोटाङ बाराहपोखरी गाउँपालिका–१ डाँडाखर्कको विवाहित महिला र अविवाहित पुरुषको शव दारेगौडा जङ्गलमा मृत भेटिएको छ । वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार डाँडागाउँकै २३ वर्षीया सरिता बिष्ट बस्नेत र गाउँकै २० वर्षीय शिखर बस्नेतको शव भेटिएको हो । सरिताको हत्या भएको र बस्नेतले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

सरिताको शव भेटिएको २०–२५ मिटर टाढा शिखर पनि रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । वडाध्यक्ष कार्कीका अनुसार, महिलाको घाँटीमा धारिलो हतियारको चोट छ । सरिताकी २ वर्षीया छोरी छन् । खोटाङ प्रहरीका अनुसार जानकारी लगत्तै स्थानीय चौकीबाट टोली खटाएर घटनास्थलमा घेराबार गरिएको छ ।