विराटनगर– दाङको घोराही–१० झारबैरा चोकमा एक मेडिकल सञ्चालकले लागू औषधको कारोबार गरेको खुलासा भएको छ । प्रहरीका अनुसार उक्त चोकमै रहेको घोराही–१६ का इन्द्र बहादुर विकको मेडिकलमा तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला परेको हो । 

इन्द्र बहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक दूव्र्यसनीबाट प्राप्त सूचनाको आधारमा प्रहरीले उक्त मेडिकलमा छापा मारेको थियो । उक्त चोकबाट बुधबार साँझ नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित स्थानीय ३० वर्षीय दिपिसन डाँगीलाई प्रहरीले पक्राउ गरे पछि इन्दबहादुर सम्म पुगेको थियो ।