विराटनगर– सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–५ स्थित अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले जाँचको क्रममा स्थानिय २६ बर्षीय बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुलसहित पक्राउ गरेको छ ।
यस्तै, इलका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले जाँचको क्रममा धनकुटाको सहिदभूमि गाउँपालिका–३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २० ट्याब्लेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रहरीले जनाएको छ ।