विराटनगर– आफन्तकै गोली प्रहारबाट शनिबार राति सख्त घाइते भएका बैतडी दोगडाकेदार–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।
सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गोली हानेका थिए । सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच विवाद भइरहेकै बेला कर्णबहादुरले सुरेन्द्रमाथि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उक्त घटना पछि फरार कर्णबहादुरको खोजी भइरहेको प्रहरीले भनेको छ ।