विराटनगर– ठगी आरोपमा काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट कैलालीको धनगढी–१ की कल्पना गैरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जबरजस्ती चोरी पछि ठगी गरेको तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।