विराटनगर– कैलालीको धनगढी–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवकको शव भेटिएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार मृत भेटिनेहरुमा धनगढी–१० का ३० वर्षीय देवल चौधरी र ३२ वर्षीय कैदा राना छन् । चौधरीको शव झुडिएको र रानाको शव भुइँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।