विराटनगर– एक २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला गुठीचौर–१ मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका–३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।