विराटनगर– पाथीभरा–मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण शीघ्र बन्द गर्नुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन भएको छ । 

मुक्कुमुलुङ ताङ्सेःप चुम्भो, किरात याक्थुङ चुम्लुङ, आदिवासी नेवाः र मुक्कुमुलुक संरक्षण अन्तरदलीय संघर्ष समितिको ब्यानर मुनि उल्लेख्य संख्यामा स्थानीयले पनि एक्यबद्धता जनाएका थिए ।
प्रदर्शनका क्रममा मुकुम्लुङ आन्दोलनमा भएको राज्यको दमन रोक्न र पवित्र मुन्धुमी धार्मिक क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको छ । उनीहरूले ‘नो केबल कार’ भन्दै ‘मुक्कुमलुङ रक्षार्थ’ प्रदर्शन गरेका हुन् ।