विराटनगर– तनहुँको ब्यास–९ कुमाल गाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीका अनुसार बिष्णुमाया घर अगाडिको खाली जग्गामा बुधबार बिहान मृत फेला परेकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि शंकरलाई पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिइ  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।