विराटनगर- नेपाल-चीन सीमा क्षेत्रमा शनिबार अपरान्ह भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ‌।

२ बजेर ३५ मिनेटमस गएको यो भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ ।  बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

उक्त क्षेत्र केन्द्रविन्दु भएर यही वर्ष पुस २३ मा ७ म्याग्निच्युडको र पुस २९ मा दिंगी आसपासै केन्द्रविन्दु भएको ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।