विराटनगर– विराट गोल्डकपमा आइतबारबाट सेमिफाइनलको खेल सुरु हुँदै छ । पहिलो सेमिफाइनलको खेल त्रिभूवन आर्मी क्लब र थ्री स्टार फुटवल क्लबबीच विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेबाट सुरु हुँदै छ । दोस्रो सेमिफाइनलको खेल सोमबार नेपाल पुलिस र चर्च ब्वाइज फुटवल क्लबबीच हुनेछ ।
विराट गोल्डकपको शनिबार भएको खेलमा चर्च ब्वाइजले एनआरटी फुटवल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । विराट गोल्डकपको फाइनल खेल त्रिभूवन आर्मी–थ्री स्टारबीचको विजेता र नेपाल पुलिस–चर्च ब्वाइजबीचको विजेताबीच हुनेछ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।