विराटनगर– सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । धनकुटाको सहिदभूमी गाँउपालिका २ का २१ बर्षीय सुरेश सिवालाई २९ किलो गाँजा सहित पक्राउ गरेको हो ।
धरानको तीनकुने चेक प्वाईन्टस्थित भित्री सडकखण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा धरानबाट ईटहरी तर्फ जाँदै गरेको बा८३प २९०४ नम्बरको मोटरसाईकलमा सवार सिवा गाँजासहित पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । सिवालाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।